संक्षिप्त परिचय
सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानको क्रममा हामी झापालीहरुले झापा नै केहि गरौ भन्ने अभिप्रायले धेरै लामो छलफल पश्चात झापामा रहेका झापालीहरू, काठमाडौँ र अन्य क्षेत्र साथै विदेशमा समेत रहेका झापालीहरुको संयुक्त पहलमा कुनै परियोजना निर्माण गर्ने तयार भयो।
समग्र रास्ट्रको आर्थिक समृद्धि र मुलुकले भोगिरहेको उर्जा संकटलाई मध्यनजर गर्दै राज्यको प्राथमिकता रहेको कृषि, पर्यटन र उर्जा छेत्रहरु मध्ये लामो छलफलको निष्कर्षपछि झापा जिल्लामा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन गर्ने निर्णय भयो। सो परियोजना सम्पन्न गर्नका लागि मिति २०७५ आश्विन १६ गते झापा इनर्जी लिमिटेड नामको कम्पनी दर्ता भई २०७५ पौष ८ गते विधुत विकास विभागबाट विधुत उत्पादनको सर्वेक्षण अनुमति पत्रसमेत लिई सकिएको छ। कम्पनिको कार्यालय विर्तामोड, झापामा रहेको छ। उर्जा उत्पादनसंगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र उर्जा पर्यटनसंग सम्बन्धित थप योजनाहरु अगाडी बढाइनेछ। अन्य विकसित देशको अनुभवलाई समेत समेटदै पुष्प गार्डेन, मत्स्यपालन , रिसोर्ट, फनपार्क, बिच खेलकुद जस्ता योजनाहरु पनि समावेश गर्दै अघिबढ्ने योजना रहेको छ।